काठमाडौं ।
जनमत पार्टीको महाधिवेशन ६ महिना पछि सरेको छ ।
आइतबार बसेको जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी २० र २१ चैतमा तय भएको पार्टीको महाधिवेशन सारेर ९ र १० असोज २०८३ मा गर्ने निर्णय गरेको हो ।
जनमत पार्टीका महासचिव चन्दन सिंहले विज्ञप्ति निकालेर यस्तो जानकारी दिएका हुन् । साथै, जनमत पार्टीले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा बैठक गर्ने निर्णय गरेको छ ।
क्षेत्रीय स्तरीय समीक्षा आगामी ७ चैत शनिबारसम्म सकेर लिखित रिपोर्ट तयार गरी केन्द्रीय सचिवालयमा पठाउन भनिएको छ । जनमत पार्टीले सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्ने भनेको छ ।
यसका लागि जिल्ला समन्वय समितिका सदस्यहरूबाट बढीमा ७ जना हुने गरी आगामी १४ चैतसम्म भौतिक बैठक गरी केन्द्रीय सचिवालयबाट पठाएको प्रतिनिधिको रोहबरमा तदर्थ जिल्ला पदाधिकारी चयन गर्न भनिएको छ ।














