दार्चुला ।
दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भिरबाट लडेर एक निर्वाचन प्रहरीको ज्यान गएको छ ।
भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।
बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ मा भिरबाट लडेर घाइते भएका थिए । उनलाई धनगढी लगिएकामा उपचारका क्रममा आज ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














