विराटनगर ।
सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो ।
आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए । उनका अनुसार तीनवटा बसमा आंशिक क्षति भएको छ ।
उनका अनुसार को। १ख ६२७४ नम्बरको कृष्ण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्र। १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्ण रूपमा जलेको छ ।
को। १ ख ३८४७ नम्बरको सुपर मादेन, बा ५ ख ५८१४ बस, र बा ५ ख ५८०९ नम्बरको बसमा आशिंक क्षति पुगेको छ ।डीएसपी खड्काका अनुसार आगलागीको कारण अनुसन्धान भइरहेको छ ।














