काठमाडौं ।
ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदिश खरेल विजयी भएका छन् । उनी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै निर्वाचित भएका हुन् । खरेलले ३९ हजार ४९१ मत प्राप्त गर्दै निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका महर्जनले ७ हजार ४ सय २० मत मात्र प्राप्त गरे ।
त्यसैगरी उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५ सय ४७ मत प्राप्त गरे । एमालेका प्रेमबहादुर महर्जनले ४ हजार ५ सय ३६ मत प्राप्त गरे ।
अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले १ हजार ७ सय ६०, नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्यले १ हजार २ सय १७ र श्रम संस्कृति पार्टीका सरोज राईले ६ सय ८ मत प्राप्त गरे ।
यसैगरी नेपाल मजदुर किसान पार्टीकी चिरी मैया महर्जन (लाखाजु) ले २०७, स्वतन्त्र उम्मेदवार उमङ्ग केसीले ९९ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अष्टराज बज्राचार्यले ८७ मत प्राप्त गरेका छन् ।














