प्रतिनिधिसभा सदस्य निर्वाचन

१३२ स्थानको नतिजा सार्वजनिक, रास्वपा १०४ स्थानमा विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा अहिलेसम्म १३२ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १०४ स्थानमा विजयी भएको छ ।

परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसले १४ स्थानमा जित हासिल गरेको छ भने ३ स्थानमा अगाडि छ ।

यस्तै हालसम्म नेकपा एमालेले ७ स्थानमा विजयी हुँदै तीन क्षेत्रमा अग्रता लिइरहेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ४ उम्मेदवार विजयी भएका छन् भने ३ स्थानमा अग्रता लिइरहेका छन् ।

यस्तै श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार विजयी भएका छन् भने २ जना अग्रस्थानमा छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक रएक स्थानमा विजयी भएका छन् ।

 

  • २४ फाल्गुन २०८२, आईतवार ११:२३ प्रकाशित