ओलीले बालेनलाई दिए, ‘बधाईसहित निर्विघ्न सफलताको शुभकामना !’

केन्द्रभाग मिडिया

काठमाडौं ।
झापा क्षेत्र नम्बर ५ मा पराजय भोगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई निर्वाचनमा पराजित गरेका रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिएका छन् ।

ओलीले शनिबार विगतमा आफूले बालेन शाहलाई तबेला दिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै बधाई र शुभकामना दिएका हुन् ।

बालेनलाई बाबु सम्बोधन गर्दै उनले ‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्ने कामना गरेका छन् । ‘बालेन बाबु, विजयको लागि तपाईँलाई बधाई, तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना’ ओलीले लेखेका छन् ।

शनिबार दिउँसो प्राप्त अन्तमि मत परिणाम अनुसार शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७२४ मत प्राप्त गरेका थिए । उनीहरूबीच ४९ हजार ६१४ मतको अन्तर थियो ।

  • २३ फाल्गुन २०८२, शनिबार २०:३२ प्रकाशित