एमाले अध्यक्ष ओलीलाई पराजित गर्दै रास्वपा वरिष्ठ नेता शाह विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपा वरिष्ठ नेता बालेन शाह विजयी भएका छन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै विजयी भए ।

उनले ६८ हजार ३४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८७२४ मत प्राप्त गरे ।

उनीहरूबीच ४९ हजार ६१४ मतको अन्तर रह्यो ।

श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २३३ मत प्राप्त गरे । नेपाली कांग्रेसकी मंधरा चिमरियाले १ हजार ८२१ मत गरिन् ।

  • २३ फाल्गुन २०८२, शनिबार १८:३६ प्रकाशित