स्याङ्जा क्षेत्र नम्बर-१ मा रास्वपाका डा. धनञ्जय रेग्मी विजयी

केन्द्रभाग मिडिया

स्याङ्जा ।
स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. धनञ्जय रेग्मी विजयी भएका छन् । रेग्मीले नेपाली कांग्रेसका भरतराज ढकाललाई पराजित गर्दै विजयी भएका हुन् ।

डा.रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८ सय ५७ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार मीन प्रसाद गुरुङले १६ हजार ८ सय ४ मत पाए ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शैलेन्द्र घिमिरेको जम्मा १ हजार ५ सय ५२ मत आयो । स्याङ्जा १ मा यस अगाडि कांग्रेस र एमालेले आलोपालो जित्दै आएका थिए । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा समेत यी दुई दलको दबदबा नतोडिएको स्याङ्जामा यसपाली रास्वपाले दबदबा तोडेको हो ।

 

  • २३ फाल्गुन २०८२, शनिबार ०७:१६ प्रकाशित