लमजुङ ।
लमजुङमा नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङलाई पछि पार्दै रास्वपाका धर्मराज केसीले अग्रता लिएका छन् ।
रास्वपाका केसीले पाँच हजार ६७ मत प्राप्त गर्दा उनलाई पछ्याई रहेका गुरुङले चार हजार २४४ मत ल्याएका छन् । नेपाली कांग्रेसका रामप्रसाद गुरुङले चार हजार ७२ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका हरिजंग तामाङले ५७८ मत प्राप्त गरेका छन् । राप्रपाका कविन्द्रजंग गुरुङले १६१ मत प्राप्त गरेका छन् ।














