मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए ।

गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी) ले ४५४ मत पाइन् ।

यद्यपि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । यो कांग्रेसको दोस्रो जित हो । कांग्रेसले मुस्ताङमा पनि जितेको छ ।

  • २२ फाल्गुन २०८२, शुक्रबार १८:४७ प्रकाशित