काठमाडौ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी एमालेका लिलामणि गौतमले तीन हजार ४६२ मत प्राप्त गरे ।
यसैगरी कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै नेकपाले जितको खाता खोलेको छ ।














