प्रतिनिधि सभा निर्वाचन : रास्वपा ७० स्थानमा अगाडि

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रत्यक्ष तर्फको मत गणना जारी छ । निर्वाचन आयोगको विवरण अनुसार मतगणना चलिरहेका क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ७० स्थानमा अग्रता लिएको छ ।

त्यसैगरि नेकपा एमालेले ६ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा छ ।

नेपाली कांग्रेसले ८ स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा छ । नेपाली कम्युनिस्ट पार्टीले ३ स्थानमा अग्रता लिएको छ । भने रास्वपा र कांग्रेसले विजयी खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् ।

उनले १५ हजार ४५४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पिर्धी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री ३ हजार नौसय ६२ मत प्राप्त गरे । यस्तै कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । ३२ वर्षीय कांग्रेसका योगेश गौचन विजयी भएसगै कांग्रेसको खाता खुलेको हो । उनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् ।

उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् ।

गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम अंकमा समेटिए ।

  • २२ फाल्गुन २०८२, शुक्रबार १३:४५ प्रकाशित