स्याङ्जा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रेग्मीको अग्रता कायम

केन्द्रभाग मिडिया

स्याङ्जा ।

स्याङ्जा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार धनञ्जय रेग्मीले अग्रता कायम राखेका छन् । उनले चार हजार ४१० मतसहित अग्रता कायम राख्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले तीन हजार ९२९ मत ल्याएका छन् ।

नेकपा एमालेका मीन प्रसाद गुरुङले दुबै उम्मेदवारलाई पच्छ्याइरहेका छन् । उनले तीन हजार ४५६ मत ल्याएका छन् ।

  • २२ फाल्गुन २०८२, शुक्रबार ११:१८ प्रकाशित