चितवन ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा रास्वपा सोविता गौतमले अग्रता बढाएकी छिन् ।
गौतमले हालसम्म गणना गरिएको मत मध्ये ३ हजार ६३९ मत पाएकी छिन् भने उनलाई नेकपाकी उम्मेदवार रेणु दाहालले निरन्तर पछ्याइरहेकी छिन् ।
दाहालले २ हजार २६३ मत पाएकी छिन् । चितवन–३ मा एमाले उम्मेदवार शंकर थपलियाले ७४१ सहित तेस्रो स्थानमा रहेका छन् भने कांग्रेस उम्मेदवार टेकप्रसाद गुरुङले ४०४ मत पाएका छन् । राप्रपा उम्मेदवार दीपक थापाले १२७ मत पाएका छन् ।














