५५ स्थानमा मतगणना जारी, ४१ स्थानमा रास्वपा अगाडि

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रत्यक्ष तर्फको मत गणना जारी छ । निर्वाचन आयोगका अनुसार ५५ क्षेत्रमा मतगणना चलिरहेको छ ।

विवरण अनुसार मतगणना चलिरहेका क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ स्थानमा अग्रता लिएको छ ।

त्यसैगरि नेकपा एमालेले ५ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा छ ।

नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा छ । नेपाली कम्युनिस्ट पार्टीले २ स्थानमा अग्रता लिएको छ ।

 

 

 

  • २२ फाल्गुन २०८२, शुक्रबार ०९:३० प्रकाशित