सुर्खेत ।
सुर्खेतको छिन्चुदेखि जाजरकोट जोड्ने सडक अन्तर्गत भेरीगंगा नगरपालिका—११ को राताचौर नजिकै शंकास्पद वस्तु फेला परेको छ । मंगलबार बिहान प्रेसर कुकरसहित रातो प्लाष्टिकले बेरेको शंकास्पद वस्तु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, त्यहाँ अहिले नेपाली सेना पुगिसकेको छ । उक्त क्षेत्रमा सुर्खेत—१ का राप्रपाका उम्मेदवार रविकिरण हमालको बसोबास रहेको छ । केही दिनअघि उनी सवार गाडीमा समेत आक्रमण भएको थियो ।
मंगलबार पुनः प्रेसर कुकरसहित शंकास्पद बस्तु फेला परेपछि नागरिकहरु त्रासमा छन् ।
स्थानीयले नागरिकको सुरक्षा हुनुपर्ने माग गरिरहेका छन् ।














