पोखरा ।
पोखरामा शंकास्पद वस्तु भेटिएको छ । पोखरा महानगरपालिका–६ लेकसाइड नजिकको लालुपाते मार्गमा शंकास्पद वस्तु भेटिएको हो ।
एक अपरिचित व्यक्तिले कपडा सिलाउने पसलमा केहीबेर राखिदिन आग्रह गरेर गएको केहीबेरपछि झोलाबाट गन्ध आएपछि सुरक्षा निकाय पुगेको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु डिस्पोज गर्दैछ ।














