कञ्चनपुरमा निर्वाचन प्रहरीको ज्यान गयो

केन्द्रभाग मिडिया

महेन्द्रनगर ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको ज्यान गएको छ ।

पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको ज्यान गएको हो ।

सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको आज धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले बताए ।रासस

  • १९ फाल्गुन २०८२, मंगलवार १३:४० प्रकाशित