सुर्खेत ।
सुर्खेतमा खाल्डोमा परी दुई जना बालबालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वीरेन्द्रनगर नगरपालिका—९ का ७ वर्षीय खेमराज कटुवाल र ५ वर्षीया दीपिका कटुवाल हुन् ।
उनीहरू कालिकोटको तिलागुफा नगरपालिका—९ चिलखाया घर भएर वीरेन्द्रनगर—९ मा बस्दै आएका टेकबहादुर कटुवालका छोराछोरी हुन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार घर बनाउन खनेको खाल्डोमा परेर उनीहरूको सोमबार साँझ ज्यान गएको हो ।














