काठमाडौंमा दुई वटा गाडीमा आगजनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ ।

नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

महाराजगन्जमा राजधानी पेट्रोल पम्प नजिकै मारुती भ्यान आगो लागेको अवस्थामा भेटिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी गरेको आँकलन गरिएको छ ।

घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको पर्चा भेटिएको एसपी भट्टराईले बताए । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

  • १९ फाल्गुन २०८२, मंगलवार १२:५३ प्रकाशित