आजदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले दिएको आदेश अनुसार आजदेखि सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ ।जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड देखाउनुपर्नेछ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने छ ।

सबै निकायहरुले खोप कार्ड हरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ ।

  • ७ माघ २०७८, शुक्रबार ०९:४९ प्रकाशित