पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं कास्की क्षेत्रनम्बर २ का उम्मेदवार हेमजंग गुरुङले व्यवस्था फेर्ने गरी राप्रपा चुनावमा होमिएको बताएका छन् । चुनावी प्रचारको क्रममा पोखरा विरौटामा भएको कोण सभालाई सम्बोधन गर्दै गुरुङले भ्रष्टचारलाई अन्त्य गर्न र देशमा सुशासन कायम गर्न व्यवस्था फेर्नुको विकल्प नभएको बताए ।
भ्रष्टचारीलाई कडा कारवाही गर्ने र देशमा सुशासन काय गर्ने, संबैधानीक राजसंस्था र सनातन हिन्दुराष्ट कायम गर्न राप्रपा प्रतिबद्ध रहेको गुरुङले दावी गरे ।
पोखरामा विकास निमर्माणमा भएको गतिरोध अन्त्य गदैँ, यहाँ भएका विकृति विंगती हटाउन र अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिङय उडानका लागि पहल गर्ने गुरुङले प्रतिवद्धता व्यक्त गरे ।
मतदाताको शिर कहिले नझुक्ने गरी काम गर्ने बताउदैँ गुरुङले २१ फागुनमा मतदान गरी विजयी गराइदिन मतदातालाई आग्रह गरे ।













