काठमाडौं ।
धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्ने जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख तिवारीलाई कार्यदलको संयोजक तोकेका हुन् ।
गृह मन्त्रालयमा सोमबार बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलमा नेपाल प्रहरीका एसएसपी, सशस्त्र प्रहरी बलका एसएसपी, सड्क विभागका सिनियर डिभिजनल इन्जिनियर र गृह मन्त्रालयका उप सचिव सदस्य छन् ।
फागुन ११ मा बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिको चरौदी नजिक ग।२ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना भएको थियो ।














