पोखरा ।
आज (शनिबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको मिनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ५९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ९५ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा थियो ।














