काठमाडौं।
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गरेका छन् ।
आज बिहान सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयलगायतका पदाधिकारीका साथ दाहालले भवनको अवलोकन गर्नुको साथै कार्यको प्रगतिबारे जानकारी लिएका हुन् ।
आगामी निर्वाचनमा निर्वाचित सांसदहरूको पहिलो बैठक यही भवनमा बस्ने भएकोले निर्माण कार्यलाई तीव्रता दिइएको छ ।















