अब बलियो सरकार बन्ने आशा जागेको छ : रवि लामिछाने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् ।

सोमबार चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताए ।

यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोशिस गर्दा गर्दै पनि पुरा गर्न नसकिएको उनको भनाइ छ ।

‘पहिला चितवनमा सुरु गर्दा माहौल थिएन । अब बलियो सरकार बन्छ भन्ने आशा जागेको छ,’ उनले थपे, ‘सुकुम्बासी समस्याबारे मैले पहिलादेखि नै बुझेको छु । नेताहरूले मुखले बोलीले होइन काम गरेर देखाउनुपर्ने हुन्छ ।’

कालिका– ३ मा स्थानीयहरुले सुकुम्वासी समस्या समाधानका लागि पटक पटक आश्वासन पाएपनि समाधान हुन नसकेको भन्दै लामिछानेको ध्यानाकर्षण गराएका थिए ।

  • ४ फाल्गुन २०८२, सोमबार १३:३९ प्रकाशित