जसपा नेपालका नेता मनिष मिश्रले गरे पार्टी परित्याग : कांग्रेस प्रवेश गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादी नेपालका नेता मनिष मिश्रले पार्टी परित्याग गरेका छन् । जसपा नेपालको केन्द्रीय समन्वय समितिका सदस्य रहेका मिश्रले शुक्रबार पार्टी त्याग गरेका हुन् ।

मिश्र लोसपा नेपालका पूर्व महासचिव समेत हुन् । जसपा नेपाल र लोसपा वीचमा पार्टी एकीकरण भएपछि मिश्र केन्द्रीय समन्वय समितिको सदस्य बनेका थिए ।

नेपाली कांग्रेसमा प्रवेश गर्ने निर्णय गरेका मिश्रले भने, ‘भोलि ठूलो संख्यामा प्रवेश कांग्रेस प्रवेश गर्दैछौं । कांग्रेस सभापति गगन थापाजीसँग कुरा भएको छ ।’शनिबार सर्लाही–४ मा कार्यक्रम राखेर मिश्रसहितका अन्य नेता कार्यकर्तालाई कांग्रेसमा भित्र्याउन लागिएको छ ।

सर्लाही–४ मा कांग्रेस सभापति थापा उम्मेदवार छन् ।

  • १ फाल्गुन २०८२, शुक्रबार १५:४५ प्रकाशित