आज ८ अर्ब ६९ करोडको सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं।

साताको कारोबार हुने दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक आज ०.०४ अंकले घटेर २६६२.०९ विन्दुमा रोकिएको हो ।

आज कुल ३२९ कम्पनीका २ करोड २२ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६९ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा उतारचढावका बिच आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको मूल्य घटेको छ। १३ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

  • २८ माघ २०८२, बुधबार १५:४२ प्रकाशित