जबरजस्तीकरणी आरोपमा चितवनका इन्स्पेक्टर पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

महिलालाई बलात्कार गरेको आरोपमा चितवन स्थित इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महतलाई प्रहरीले पक्राउ गरेको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।

२०८२ भदौमा मतहले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै एकजना महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन् । आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ ।

३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज १ गते कार्यालयमा समस्या लिएर जाँदा छलफलपछि कफी खान बोलाएर सोही क्षेत्रको एक क्याफेमा लगि न्याय दिलाइदिन्छु भन्दै प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । आफ्नो स्वस्थ्य ठिक नभएको भन्दै इन्कार गर्दा पनि जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ ।

पहिलोपटक जबर्जस्ती गरेको विषयमा जाहेरी गर्न प्रहरीकहाँ जान्छु भन्दा कार्यालय आइज कुरा गर्नुछ भनेपछि कार्यालय इलाका प्रहरी कार्यालय खैरहनीको कार्यकक्षमा नै इन्स्पेक्टर महतले जबरजस्ती करणी गरी कुटपिट समेत गरेको ती महिलाको भनाइ छ ।जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले बताए ।

  • २८ माघ २०८२, बुधबार १३:३३ प्रकाशित