नेप्सेमा दोहोरो अङ्कको गिरावट : ८ अर्ब ६१ करोडको कारोबार

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार १०.२५ अङ्कको गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन बजार ०।३८ प्रतिशतले ओरालो लागेर २ हजार ६ सय ६२ दशमलव १४ विन्दुमा पुगेर बन्द भएको छ ।

आज बजार खुलेदेखि नै उतारचढावपूर्ण देखिए पनि अन्त्यमा घटेर बन्द भएको हो । कुल ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर खरिद–बिक्री हुँदा आज ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरूमध्ये ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ कम्पनीको घटेको छ र ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

  • २७ माघ २०८२, मंगलवार १५:५३ प्रकाशित