काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावी घोषणपत्रलाई अन्तिम रूप दिन बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको नेता प्रमेश हमालले जानकारी दिए ।
उनका अनुसार निर्वाचन परिचालन कमिटीको सचिवालय बैठक बसेर घोषणापत्रलाई अन्तिम रूप दिने तयारी छ । ‘आज घोषणापत्रका हाइलाइट्समात्र सार्वजनिक गर्छौँ’, हमालले भने, ‘त्यसपछि छपाइमा पठाएर एक दुई दिनमा पूर्ण घोषणापत्र सार्वजनिक हुन्छ ।’
फागुन २१ मा हुने मतदानका लागि अव २३ दिन मात्र बाँकी छ ।















