आज नेप्से २७ अंकले बढ्यो : साढे १० अर्बको कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचकमा दोहोरो अंकले सुधार आएको छ ।यो साता बुधबारसम्म करिब ३२ अंक घटेको नेप्से सूचक बिहीबार भने २७ अंक बढेको हो ।

यो साता सुरुदेखि अस्थिर नेप्से सूचक बिहीबार बढेको हो । यो दिन नेप्से सूचक मात्रै होइन, कारोबार रकममा पनि सुधार आएको छ ।बिहीबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से सूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा २६८१.५ अंकमा रहेको नेप्से सूचक २७.१९ अंक बढेर २७०८.७० बिन्दु पुगेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंक बढेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका सेयरमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा कालिञ्चोक दर्शन, सुपर मादी हाइड्रो र मोदी इनर्जी छन् ।

बिहीबार नेप्सेको कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । नेप्सेमा ३ सय २६ कम्पनीको १ लाख ८ हजार ८ सय १७ कारोबारबाट ११ अर्ब ५८ करोड बराबरको ३ करोड ५५ लाख ७४ हजार ६ सय २७ कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो ।

  • २२ माघ २०८२, बिहीबार १६:५९ प्रकाशित