सुनको भाउ आज फेरि बढ्यो, आज कति छ तोलाको ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ ।

तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज मंगलबार तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ ।आइतबारको तुलनामा हिजो सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम छ ।हिजो सोमबार चाँदी ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

  • २० माघ २०८२, मंगलवार ११:२२ प्रकाशित