राष्ट्रिय सभाबाट तीन वटा अध्यादेश स्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय सभाको बैठकबाट अगामी २१ फागुनको निर्वाचनलाई लक्षित गरी अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्योदश स्वीकृत भएका छन् ।सभाको सोमबारको बैठकबाट ती अध्यादेशहरु स्वीकृत भएका हुन् ।

सभामा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन)अध्यादेश, २०८२ र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन)अध्यादेश, २०८२ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरिएको हो ।

  • १९ माघ २०८२, सोमबार १६:०३ प्रकाशित