पोखरा ।
आज पनि अमेरिकी डलर उच्च मूल्यमै स्थिर छ । बहराइन दिनारसहित केही मुद्रा महँगिएका छन् । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित विदेशी मुद्राको भाउ भने आज घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज पनि अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा कायम छ । अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो ।
गएका तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा स्थिर छ । त्यसैगरि आज युरो १ को खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ २५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा थियो। आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९१ रुपैयाँ १९ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १८ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ १० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ०७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ९४ पैसा थियो।















