पोखरा ।
नेकपा एमाले पोखरा १५ को निर्बाचन परिचालन कमिटीको कार्यालय सो वडाका जेन्जी युवाहरूले उद्घाटन गरेका छन।
सो क्रममा युवाहरूले रश्मि आचार्य सबैको साझा उम्मेदवार भएको बताएका छन् ।उनीहरुले युवाहरूको एजेन्डा कार्यान्वयन गर्न युवा उम्मेदवारलाई सफल बनाउनुपर्ने भन्दै युवालाई नेतृत्व मा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन ।
‘हामी हाम्रा उम्मेदवार भन्दा देशको निति निर्माण तहमा सक्रिय र हस्तक्षेपकारी भुमिका खेल्न सक्ने राम्रा युवा उम्मेदवारको खोजिमा थियौ अब त्यो इच्छा कास्की २ बाट रश्मि आचार्यलाई विजयी गराएर पूरा गर्छौं ।’ उनीहरुले भने
सो क्रममा उम्मेदवार आचार्यले आफू उत्साहका साथ युवाहरूको ससक्तिकरण सहितका महत्त्वपूर्ण एजेन्डामा कटिबद्धता सहित आएको भन्दै सबैको सुझाव मार्फत कार्य योजना निर्माण गर्ने उल्लेख गरे।
आम क्षेत्र न २ बासिन्दाको सुझाब समेतलाई समेटेर प्रतिबद्धता पत्र तयार गरेको उल्लेख गर्दै उम्मेदवार आचार्यले आफै सुझाव संकलन गरेका छन।
टोल टोलका आबश्यकताटोल टोलका आबश्यकता र जन धारणा सहित युवालाइ समेट्न अगाडि बढेकोमा युवाहरूले उम्मेदवार आचार्यलाई धन्यवाद व्यक्त गर्दै विजयको सुनिश्चितताका लागि जिम्मेवार ढंगले अगाडी बढ्ने प्रण गरेका छन् ।















