काठमाडौंं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ समायोजन गरेको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरेको हो ।
आयल निगमका अनुसार डिजेल तथा मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको छ । त्यस्तै ग्यासको मूल्य ४५ रुपैयाँले बढेर आए पनि हाललाई यथावत् राखिएको पनि निगमले एक सूचनामार्फत जनाएको छ । पेट्रोलको मूल्य यथावत् राखिएको छ ।
अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य काठमाडौं, पोखरा र भैरहवाका लागि फरक–फरक तोकिएको छ । नयाँ खुद्रा बिक्री मूल्य शनिबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।















