परीक्षामा संक्रमित विद्यार्थीलाईसगैँ राखेको भन्दै विद्यार्थी आन्दोलितः प्रहरीद्वारा लाठीचार्ज

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंमा कोरोना संक्रमित विद्यार्थीलाई परीक्षा दिनको लागि छुट्टै व्यवस्था नगरेको भन्दै विद्यार्थीले आन्दोलन गरेका छन् ।

बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरका विद्यार्थीले कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई सगैँ राखेर परीक्षा लिन लागेको भन्दै परीक्षा सुरु हुनु अघि आन्दोलनग गरेका हुन् । विद्यार्थीको समुहले परीक्षा सञ्चालनमा अवरोध पुग्ने गरि आन्दोलन गरेपछि परिचालन भएका प्रहरी र विद्यार्थीबीच झडप भएको छ ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ । त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ ।

बुधबार बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो । अहिलेसम्म परीक्षा सुरु भएको छैन ।विद्यार्थीहरुका अनुसार स्वास्थ्य मापदण्डको न्यूनतम पालना पनि नभएकाले विद्यार्थीले कलेजको गेटमा तालाबनदी गरेका छन् ।

  • ५ माघ २०७८, बुधबार १३:५५ प्रकाशित