पोखरा ।
आज (शनिबार) अमेरिकी डलर, क्यानेडियन डलर, कुबेती दिनार र बहराइन दिनारेको भाउ बढेको छ । युरोपियन युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर र जापानी येनको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो बनेको छ । केही दिनयता लगातार बढिरहेको अमेरिकी डलर आज १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ।
शुक्रबार अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा थियो भने बिहीबार १ को खरिदर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा छ । शुक्रबार अस्ट्रेलियन डलर १ को खरिदर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा थियो । आज युरो १ को खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा छ। शुक्रबार १ को खरिदर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १७ पैसा थियो।
यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा छ । शुक्रबार पाउन्ड स्ट्रलिङ १ को खरिदर २०२ रुपैयाँ ५४ र बिक्रीदर २०३ रुपैयाँ ३६ पैसा थियो ।
आज स्विस फ्रयाङ्क १ को खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । शुक्रबार स्विस फ्रयाङ्क १ को खरिददर १९१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।
यस्तै आज क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा छ । शुक्रबार क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा छ ।
चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल १ को खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा कायम भएको छ ।
आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा छ । शुक्रबार जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा थियो ।
आज सिंगापुररको डलर १ को खरिददर ११५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३१ पैसा तोकिएको छ । आज थाई भाट १ को खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, यूएई दिराम १ को खरिददर ३९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४० रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा छ ।
यस्तै साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसा, स्विडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५५ पैसा तोकिएको छ।
हङकङ डलर १ को खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, ओमनी रियाल १ को खरिददर ३८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ०९ पैसा रहेको छ ।
यस्तै भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।















