अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो पनि यी सबै मुद्रा बढेको थियो ।

आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

हिजो अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा थियो । गएको सोमबार अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा पुगेर केही घटेको थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर २०२ रुपैयाँ ५४ र बिक्रीदर २०३ रुपैयाँ ३६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर २०१ रुपैयाँ ८९ र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा थियो ।

त्यसैगरि आज युरो १ को खरिदर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १७ पैसा छ । हिजो युरो १ को खरिदर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिदर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर १०२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०३ रुपैयाँ थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ८१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ८९ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३९० रुपैयाँ ३४ पैसा थियो।

  • १६ माघ २०८२, शुक्रबार ०७:५० प्रकाशित