काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार लामिछाने १३ माघमा हाडजोर्नी विभागमाभर्ना भएका थिए । उपचारका क्रममा उनलाई नशाबाट एन्टिबायोटिक्स दिइएको र स्वास्थ्य अवस्थामा सुधार आएपछि बिहीबार डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।
यसैबीच अस्पतालले सामाजिक सञ्जालमा देखिएका केही फोटोहरू त्रिवि शिक्षण अस्पतालसँग सम्बन्धित नभएको स्पष्ट पारेको छ । अस्पताल प्रशासनले भ्रम फैलाउने खालका सामग्रीप्रति सचेत रहन आग्रह समेत गरेको छ ।
के भएको थियो रविलाई ?
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले जारी गरेको प्रेस विज्ञप्तिअनुसार लामिछाने यही २०८२ माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेको थियो । चोटपछि औषधि सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई ‘सेलुलाइटिस’ समस्या देखिएको अस्पतालले जनाएको छ ।















