इस्लामावाद ।
कराँचीको गुल प्लाजा सपिङ सेन्टरमा भएको आगलागीबाट ज्यान गुमाउनेको संख्या कम्तीमा ६१ पुगेको छ । अधिकारीहरूले बताएअनुसार शनिबारको भयावह आगलागीपछि ८० भन्दा बढी व्यक्ति अझै हराइरहेका छन् ।
३० शव ‘दुबई क्रोकेरी’ नाम गरेको पसलमा फेला परेको कराची दक्षिणका डेपुटी इन्स्पेक्टर जनरल सैयद असद रजाले बताए । आगलागी शुरु भएसँगै मलभित्र होहल्ला र भागदौड शुरु भएपछि उनीहरू पसलको ढोका बन्द गरेर बसेको हुन सक्ने मानिएको छ ।
सिन्धका मुख्यमन्त्री मुराद अली शाहले मृतकको संख्या बढेकोमा दुःख व्यक्त गर्दै सबै शव निकालिएपछि मात्र भग्नावशेष हटाउने निर्देशन दिएका छन् ।
अधिकारीहरूले शवको डीएनए नमुना सङ्कलन गर्दै पहिचानको काम जारी राखेका छन । बेपत्ताको संख्या धेरै भएकोले मृतकको संख्या अझ बढ्न सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।














