९.४३ अंकले घट्यो नेप्से

केन्द्रभाग मिडिया

काठमाडौं

सेयर कारोबार मापक नेप्से परिसूचक ९.४३ अंकले घटेको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से बुधबार शून्य दशमलव ३४ प्रतिशतले ओर्लिएको छ ।

कुल ८२ कम्पनीको सेयर मूल्य बढ्यो, १७४ कम्पनीको मूल्य घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १३ उपसमूहमध्ये अन्य उपसमूह मात्रै बढ्यो । बाँकी सबै उपसमूहहरु घट्यो ।

कुल ८९ हजार ७६६ पटकको सेयर किनबेचमा ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बुधबार कारोबार रकम घटेको हो ।

कुल २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच भए ।

  • ७ माघ २०८२, बुधबार १६:०३ प्रकाशित