यस्तो छ फुलकोर्टको चार बुँदे निर्णय (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको सर्वोच्चको फुलकोर्टले चार बुदेँ निर्णय गरेको छ।

फुलकोर्ट संयुक्त रुपमा बस्ने परम्परा रहे पनि यस पटक प्रधानन्यायाधीशसहित सबै न्यायाधीश आ–आफ्नै च्याम्बरमा रहेर बैठक बसेको हो । बैठकका एजेण्डा सुरु मै तय भइसकेको र ती एजेण्डामाथि सबैको सहमति रहेकाले न्यायाधीशहरु छुट्टाछुट्टै रुपमा रहेर पनि बैठक सम्पन्न भएको थियो ।

फुलकोर्टले भोलि बुधबारदेखि माघ १८ गतेसम्म सेवा कटौती गर्ने भएको छ । सेवा कटौतीसँगै अब सर्वोच्च अदालतले ६ प्रकारका सेवा मात्रै दिनेछ । त्यसमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड(१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदनको सुनुवाइ हुनेछ ।

मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी निवेदनको सुनुवाइ हुनेछ । फौजदारी मुद्दामा थुनुवामा रहेकाको मुद्दाको निवेदन र प्रतिवेदनमा पनि सुनुवाइ हुनेछ । अरु थुनुवा भएका मुद्दाको पनि सुनुवाइ हुने भएको छ ।

यसैगरी हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको तर अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ हुनेछ ।मुद्दारनिवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने काम नियमित हुने अदालतको निर्णयमा उल्लेख छ ।

उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणहरुको हकमा स्थानीय परिवेश हेरेर आवश्यक निर्णय लिने भनी सर्वोच्चबाट निर्णय भएको छ ।

  • ४ माघ २०७८, मंगलवार १५:५६ प्रकाशित