काठमाडौं ।
निर्वाचन प्रहरीका लागि बिहीबारसम्म १ लाख ७२ हजार ८७७ जनाको आवेदन परेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार आवेदन दिने अन्तिम मितिसम्म एक लाख ७२ हजार ८७७ जनाले आवेदन दिएका हुन् ।
देशभरबाट नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्नाका लागि माग गरिएको थियो । सो क्रममा एक लाख ७२ हजार ८७७ जनाले आवेदन दिएका छन् । ३६ जिल्लामा भने माग भन्दा कम आवेदन परेको डीआईजी काफ्लेले बताए ।
उनका अनुसार कम आवेदन परेका ३६ जिल्लामा पुन : २ दिन म्याद थप गरेर आवेदन माग गरिएको छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि २४ पुसमा आवेदन खुलाइएको थियो । हिजो बिहीबारसम्म आवेदन दिने अन्तिम मिति थियो ।















