घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

केन्द्रभाग मिडिया

काठमाडौं ।
पट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले गत मध्यरातको १२ : ०० बजेदेखि लागु हनुेगरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।

निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर तीन रूपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रूपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ रूपैयाँ कायम छ ।

इन्डियन आयल कर्पोरेसनबाट १ माघमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको निगमलेजनाएको छ ।

  • २ माघ २०८२, शुक्रबार ०८:४५ प्रकाशित