पोखरा ।
पोखरा अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरेकी हुन् ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रद्धा श्रेष्ठले पोखरा महोत्सवले पोखराको ब्राण्डलाई उच्च बनाएको बताइन । पोखरा महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवद्र्धन र आर्थिक चलायमानमा समेत टेवा पु¥याउने उनको भनाइ रहेको थियो ।
आफुले पोखरामा अध्ययन गर्दा होस वा पोखरामा पर्यटन वोर्डको प्रमुखमा रहेर काम गर्दाको समयमा पोखरेलीहरु पर्यटन प्रवद्र्धनमा अग्रसर रहेको आफुले महशुस गरेको बताउदै मन्त्री श्रेष्ठले पोखरा महोत्सव समेत त्यसको एक उदाहरण रहेको बताइन । पोखरा महोत्सवको स्थापना कालीन समयमा समेत आफुले सहयोग गरेको मन्त्री श्रेष्ठले स्मरण गरिन ।
मन्त्री श्रेष्ठले आफु विशेष परिस्थितीबाट नेपाल सरकारको मन्त्री बन्न पुगेको र तोकिएकै समयमा निर्वाचन गर्न राजनैतिक दलहरु समेत तयार रहेको बताइन।
सो अवसरमा वोल्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले युनाईटेड क्लब पोखराले महोत्सवकै आयोजना गरि पोखरामा चिडियाखानाको अवधारणा लिएर काम गर्दै गर्दा उक्त योजनालाई हाल आएर प्रदेश सरकारले चिडियाखाना निर्माणको कामलाई अगाडी बढाइरहेको बताए । त्यसैगरी युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनसंगै हाल लेखनाथमा निर्माण भइरहेको छात्राबासलाई प्रदेश सरकारको साथ र सहयोग रहने बताए ।
त्यस्तै गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले युनाईटेड क्लबले महोत्सवकै आयोजना गरि सामाजिक कामलाई निरन्तरता दिइरहेको सन्दर्भमा गण्डकी प्रदेश सरकारले समेत साथ र सहयोग गर्ने बताए ।
त्यस्तै गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ श्यामले युनाईटेड क्लबले पोखरामा महोत्सवको आयोजना गरिर पोखरामा मात्र नभइ नेपालभर शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको यदिेत्रमा काम गर्दै आइरहेको आफुले नजिकबाट नियाल्दै आइरहेको र आफ्नो ब्याक्तिगत र प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
संविधान सभा सदस्य राजकाजी गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल,
बन्दीपुर केबुलकारकाका उपाध्यक्ष किरण पोखरेल, अमरसिंह माविका विद्यालय ब्यवस्थापनसमितिका अध्यक्ष कृष्ण प्रसाद कोइराला, पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङ, नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, क्लबका अध्यक्ष तथा १४ औं पोखरा महोत्सव मुल समारोहकाका संयोजक लोक बहादुर थापा, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना र महासचिव दिनेश सुनारले लगाएतले बोलेका थिए ।
महोत्सव सुरुहुनु अगाडी पोखरा रंगशालाबाट आयोजना गरिएको झांकी तथा र्यालीमा ३ सय वढी संघ संस्था तथा आमा समूहले झांकी तथा र्यालीमा सहभागीता जनाएका थिए ।
उक्त र्यालीमा सिमल मार्ग टोल बिकास संस्था पोखरा १० प्रथम, नयाँगाउँ प्रतिभा टोल आमा समुह पोखरा १५ दोश्रो, सानीमजुवा आमा समुह पोखरा १५ तेश्रो र सुनकोशी आमा समुह पोखरा १० र नेपाल मगर संघ कदम मार्ग पोखरा १४ ले शान्तवना स्थान हाँसिल गरे ।
त्यस्तै झाँकी तर्फब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोगप्रशिक्षण केन्द्र रामबजार के सान्तवना स्थान हाँसिल गरे।
महोत्सवको पहिलो दिन लोकदोहोरीतर्फ सम्झना लामिछाने, कृष्ण सुवेदी, माया गुरुङ लगायतको प्रस्तुती रहेको थियोजस्तैे सांझको लाइभ ब्याण्डतर्फ अन्तरवाणी, रोहितजंग एण्ड कलेक्टीभ लगायतको प्रस्तुती रहेको थियो ।
महोत्सवमा बुधवार लोकदोहोरी तर्फ रबि कार्की, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, सबिना गुरुङ, केशब देवको टा, टस गुरुङ, दुर्गा क्षेत्री, रमा गौतम लगायतकोे प्रस्तुती रहने महोत्सवप्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।















