आज झण्डै ७ अर्बको सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक मंगलबार सामान्य अङ्कले बढेर बन्द भएको छ । आज नेप्से सूचक ४.९० अङ्कले वृद्धि भई २६३९.९१ विन्दुमा पुगेको छ ।

आज बजारमा ३४९ वटा कम्पनीका कुल ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा १ करोड ३६ लाख २४ कित्ता सेयर ७७ पटक किनबेच भएका छन् ।

आज कारोबार भएका कम्पनीहरूमध्ये ११८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ वटा कम्पनीको मूल्य घटेको छ। ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको देखिन्छ ।

  • २९ पुष २०८२, मंगलवार १५:४८ प्रकाशित