काठमाडौं ।
साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ।
आज बजारमा तीव्र उतारचढाव देखिएको थियो । दिनको अधिकांश समय बजार नकारात्मक भए पनि अन्तिम समयको सुधारले बजारालाई बढाएको हो ।
बजार बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्बभन्दा माथिको कारोबार भएको बजार आज ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभरमा ३२८ कम्पनीका १ करोड ४ लाख ३१ हजार कित्ता शेयर ६९ हजार २६१ पटक खरिदबिक्री भएका थिए ।
आज कुल १२९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । ११५ कम्पनीको मूल्य ओरालो लागेको छ भने बाँकी १५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।















