सेयर बजारमा १० अङ्कको गिरावट, ५ अर्ब माथिको कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २६१०.६३ विन्दुमा ओर्लिएको छ।

बजार घटे पनि कारोबार रकम भने आज ५ अर्बभन्दा माथि पुगेको छ । आज बजारमा ५ अर्ब १ करोड रुपैयाँ बराबरका १ करोड २ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् । बजारमा ३२३ कम्पनीका शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री भएका थिए ।

आज कारोबार भएका कुल कम्पनीमध्ये ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ

  • २० पुष २०८२, आईतवार १५:३८ प्रकाशित